logo

२०८३ साउन १३ बुधबार

‘बडिबिल्डर’ खेलाडी सम्मानित

‘बडिबिल्डर’ खेलाडी सम्मानित


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 884
    SHARES

    काठमाडौँ । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

    यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) हुन् । साथै सोही कार्यक्रममा विकास खड्गी (युवा उद्यमी) आनन्द राई (सङ्गीतकार) र जेसिका चेम्जोङ (समाजसेवी) अभिनन्दन गरिएको थियो ।

    बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान एवं अभिनन्दन गरे।

    सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो आँैल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताए । अध्यक्ष घिमिरेले भने, “चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।”

    संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend