logo

२०८३ साउन १४ बिहिबार

ए डिभिजन लिगमा मछिन्द्रको जित

ए डिभिजन लिगमा मछिन्द्रको जित


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले खुमलटार फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन अफिज ओलाओलेले दुई तथा आन्द्रेश नियाले एक गोल गरेका हुन् । मछिन्द्रले खेलको ४१ औं मिनेटमा अग्रता बनायो ।

    उसका लागि आन्द्रेश नियाले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा थप दुई गोल गर्यो । मछिन्द्रका लागि अफिज ओलाओलेले खेलको ७७ औं र ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । खुमलटार भने १८ खेलबाट १७ अंक जोड्दै तालिको पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend