logo

२०८३ साउन १४ बिहिबार

पुलिसद्वारा एपीएफ पराजित

पुलिसद्वारा एपीएफ पराजित


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै पुलिस क्लब रेलिगेसन क्षेत्र छोडेको छ ।

    १७ औँ चरणको खेलको समाप्ती हुँदासम्म पुलिस क्लब लिगको पुछारबाट दोस्रोमा थियो । तर, च्यासल मैदानमा विभागीय टोली एपीएफलाई हराएपछि भने पुलिस क्लब लिगको १०औँ स्थानमा उक्लिएको छ ।

    पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६१औँ मिनेटमा मोइज टुमले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो । बाँकी समयमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि गोल भने गर्न सकेनन् ।

    योसँगै पुलिस क्लब पहिलो लेगमा ब्यहारेको हारको बदला पनि लिन सफल भयो । यसअघि च्यासल मैदानमै भएको पहिलो लेगमा नेपाल पुलिस क्लब एपीएफ क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend