logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचनको विषयमा चीनको चासो

राष्ट्रपति निर्वाचनको विषयमा चीनको चासो


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा चीनको सक्रियता बढेको छ । बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

    चिनियाँ राजदूत सङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका थिए ।

    प्रधानमन्त्रीले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जवाफ दिएको बताइएको छ । यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइ राजनीतिक भेटघाट गरेका थिए ।

    क्वात्राले पनि राष्ट्रपतिकाबारेमा नेताहरुसँग चासो राखेको बताइएको छ । यस बीचमा अमेरिकी र युरोपेली उच्च अधिकारीहरूले पनि नेपालमा लगातार भ्रमण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend