logo

२०८३ साउन १४ बिहिबार

ठाकुरलाई राष्ट्रपतिमा सघाउन देउवालाई लोसपाको आग्रह

ठाकुरलाई राष्ट्रपतिमा सघाउन देउवालाई लोसपाको आग्रह


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

    बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न लोसपाका नेताहरु देउवा निवास धुम्बाराही पुगेका हुन् । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।

    ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेका हुन् । मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्ने निर्णय गर्दै प्रमुख दलका अध्यक्षलाई भेटेर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार लोसपाले बुधबार नेपाली कांग्रेससँग छलफल गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

    निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend