logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आायेगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि स्थापना गरेको निर्वाचन आधिकृतको कार्यलयले बुधबार नामावली सार्वजनिक गरेको हो ।

    राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन ।

    प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन् ।

    यस्तै, आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म रहेको छ। उक्त समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend