logo

२०८३ साउन १३ बुधबार

मनाङ र संकटा बराबरी

मनाङ र संकटा बराबरी


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । राजधाीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । बिहीबार च्यासल मैदानमा आ भएको खेलमा दुवै टिमले २–२ गोलको बाराबरी खेल्दै अंक थपेका हुन् ।

    मनाङले दुवै पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो । मनाङका लागि दुवै गोल कोफी कुडोले गरेका थिए भने संकटाका लागि युसेफ याट्रिस र मनिष डाँगीले एक एक गोल गरे । १९ औं मिनेटमा कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

    युसुफले गोल गरेपछि संकटाले ४४ औं मिनेटमा खेल बराबरी गरेको थियो । लगत्तै कुडोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ २–१ ले अघि बढेको थियो । तर ५२ औं मिनेटमा मनिषले गोल गरेपछि संकटाले २–२ को बराबरीमा ल्यायो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाउन पुगे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend