logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरुसँग भेट्नु आपत्तिजनकः सांसद पन्त

राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरुसँग भेट्नु आपत्तिजनकः सांसद पन्त


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले परराष्ट्र मन्त्रालयलाई विदेशीका नेपालमा हुने भेटहरू नियमन गर्न पनि माग गरेका छन् ।

    पन्तले राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सचिवको नेपाल भ्रमण र भारतीय बुद्धिजीवी एसडी मुनीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका हुन् ।राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरुसँग भेट गर्नु गलत भएको बताए ।

    उनले भने,’हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा जेएनयूको पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादीलगायत तीन चार जनाको नाम यिनीहरू नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर लेख्छन् । आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नरहेको देश हो । यो देशको राष्ट्रपतिका नाम विदेशीको ट्वीटमा हेर्नुपर्छ । त्यो देशको विदेश सचिव आएपछि हाम्रा अखबारको कटिङ हेरौं लाजमर्दो छ ।’

    उनले परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने बताए ।

    केही दिनअघि भारतीय वुद्धिजीवी एसडी मुनीले ट्वीटरमा नेपालमा राष्ट्रपतिका लागि योग्य भनेर डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लेखेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend