logo

२०८३ असोज ७ बुधबार

रोमा र सेभिया युरोपा लिगको फाइनलमा

रोमा र सेभिया युरोपा लिगको फाइनलमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् । गएराति भएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो ।

    फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ । इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए । गएरातिको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुवाती अग्रता लिन सुरु गरेको थियो ।

    तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो । उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो ।

    र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend