logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा ३३ अंकको बृद्धि

नेप्सेमा ३३ अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।

    आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

    आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढे पनि आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend