logo

२०८३ साउन १५ शुक्रबार

झलनाथ खनाल भन्छन् -हामीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन

झलनाथ खनाल भन्छन् -हामीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् । ।

    बुधबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए ।

    उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए । उनले बैठकमा राष्ट्रपतिको प्रस्ताव आएको रिपोर्टिङ नभएको बताए ।

    उनले भने, ‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनु भयो । तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला मात्रै रहेछ ।’

    त्यस्तै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले राष्ट्रपतिका लागि कुनैपनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend