logo

२०८३ साउन १४ बिहिबार

विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम

विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म शनिबार भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् ।

    कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवर्द्धन, विराट–बर्जु हाफ म्याराथन’ नाराका साथ भएको दौडमा रावतले २३ किलोमिटर दूरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

    त्यसैगरी दौडमा सुशीलकुमार शाही द्वितीय, मोहनदेव जोशी तृतीय स्थान प्राप्त गरी कमशः ७५ र ५० हजार नगर पुरस्कार प्राप्त गरेका छन् । यस्तै होमलाल श्रेष्ठ चौथो, श्रीकास राई पाँचौँ र किरणसिंह बोगटी छैटौँ स्थान प्राप्त गरी १५–१५ हजार प्राप्त गर्नुभएको छ । पुरुष दौड प्रतियोगितामा ५४ जनाको सहभागिता रहेको थियो ।

    यसैगरी महिलातर्फको पाँच किलोमिटर दौडमा रेखा विष्टले १९ मिनेट चार सेकेण्डमा दूरी पार गरी प्रथम स्थान प्राप्त गरी २५ हजार प्राप्त गरेकी थिइन् ।

    त्यसैगरी द्वितीय सीमा थारू चौधरी तृतीय विर्सना कुमाल र चौथोमा अन्सु मण्डलले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरेका थिए । महिलातर्फ १९ जनाको सहभागिता रहेका थिए भने १० र ११ वर्षीया बालिका जुही र जुनी राईको समेत सहभागिता रहेको थियो ।

    हाफ म्याराथुन विराटराजाको दरबार सङ्ग्रहालय भेडियारीबाट सुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टीचोक हुँदै केशलिया रोड, भीमपुरचोक हुँदै रामगञ्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालको उत्तर गेटमा सम्पन्न भएको थियो ।

    प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री जीवन आचार्यले सुनसरीको बर्जुतालमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्दै यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend