logo

२०८३ साउन १४ बिहिबार

ए डिभिजन लिगमा मच्छिन्द्र विजयी

ए डिभिजन लिगमा मच्छिन्द्र विजयी


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब विजयी भएको छ । आइतबार च्यासल मैदान ललितपुरमा भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी २ गोल गरेको थियो । १३ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । यसैगरी दोस्रो हाफको अतिरिक्त समयमा सौरभ लिम्बूले गोल गरेपछि मच्छिन्द्रले २–० गोल अन्तरको जित निकाल्दै स्प्ष्ट ३ अंक थप्न सफल भयो । जारी लिगमा मच्छिन्द्र ३४ अंक भएको छ भने एनआरटीको २३ अंक छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend