logo

२०८३ साउन १४ बिहिबार

सिटीद्वारा चेल्सी पराजित

सिटीद्वारा चेल्सी पराजित


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जित हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पियन भएको म्यानचेस्टरले चेल्सीमाथि १–० को जित हासिल गरेको हो ।

    इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलो हाफको १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।लिग च्याम्पियन बनेको सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ । जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend