logo

२०८३ साउन १४ बिहिबार

स्पट फिक्सिङ आरोपी तीनै जनालाई धरौटीमा छाड्न अदालतको आदेश

स्पट फिक्सिङ आरोपी तीनै जनालाई धरौटीमा छाड्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.7K
    SHARES

    A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online

    काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजालसले पूर्वक्रिकेटर महबुब आलम, राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र नितेस गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

    ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend