logo

२०८३ साउन १४ बिहिबार

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो । रोममा गएराति भएको फाइनल खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान च्याम्पियन बनेको हो ।

    खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ बराबरीमा आईपुगेको थियो ।

    त्यसमाथि ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए । तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षवाट गोल हुन नसके पछि २–१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो ।

    सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो । युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक विजेता बन्न सफल भएको हो । यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend