logo

२०८३ साउन १५ शुक्रबार

श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने

श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७ हजार रोजगारीका अवसरहरू सृजना गर्ने भएको छ ।

    विदेशमन्त्री अली साब्रीले संसदमा श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने बताएका हुन् ।

    मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् ।

    कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend