logo

२०८३ असोज ७ बुधबार

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 858
    SHARES

     

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

    नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ भन्ने सन्देश दिनका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

    शारीरिक स्वस्थ्य, तन्दुरुस्ती र पहिचानका लागि नगरभित्र खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ फुटबल प्रशिक्षणको आयोजना गरिएको नगर उपप्रमुख रन्जितादेवी चौधरीले बताए । नगर भित्रका सामुदायिक विद्यालयमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम चलिरहेको बताउँदै यहाँका फुटबल खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

    सर्लाही फुटबलको उर्वरभूमि रहेकाले यस प्रकारका कार्यक्रमबाट राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको जिल्ला फुटबल सङ्घका महासचिव शिवहरि गौतमले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend