logo

२०८३ असोज ७ बुधबार

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ । शनिबार राति भएको अन्तिम चरणको खेलमा बायर्नले एफसी कोलनलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । बायर्न अन्तिम खेलमा डर्टमण्ड र माइन्जबीचको खेल २–२ गोलको बराबरीमा रोकियो। डर्टमन्डले मेन्जलाई हराएको भए २०११–१२ पछि पहिलोपटक उपाधि जित्ने थियो।

    तर २–२ को बराबरीसँगै उक्त सम्भावनाको ढोका बन्द भयो र बायर्नको जित सहज बन्यो । डर्टमण्डसँग समान अंक भए पनि गोल अन्तर धेरै बनाइ बायर्नले उपााधि जितेको हो । बायर्नका लागि बुन्डेस लिगामा समग्रमा यो ३३ औँ उपाधि हो । खेलको आठौँ मिनेटमा विङ्गर कोम्यानले बायर्नले सुरुवाती अग्रता दिलाएका थिए।

    बायर्नका खेलाडीको गोल पोस्टभित्र ह्याण्ड भएपछि कोलनले ८०औँ मिनेटमा गोल फर्काएको थियो। डेजानले गरेको पेनाल्टी गोलमा खेल बराबरीमा आएपछि रोमाञ्चक बनेको थियो । ८८ औँ मिनेटमा जमल मुसियालाले गरेको गोल बायर्नको जितमा निर्णायक भयो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend