logo

२०८३ साउन १३ बुधबार

महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित

महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.4K
    SHARES

     

    काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
    मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार व्यहोरेको हो ।

    यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो । यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ ।

    आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन भने हमिजाहले अविजित १२ रन बनाइन् । त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन् । नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २/२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रनमा समेटियो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २÷२ विकेट लिइन् । उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend