logo

२०८३ साउन १५ शुक्रबार

वेस्ट बैंकमा इजरायली आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकमा इजरायली आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने एकसय जनाभन्दा बढी घाइते भएका छन् ।

    इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

    इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।

    लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन ।

    नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

    आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ।

    इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए। त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाइते भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend