logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री र माधव नेपालबीच पुरानो गठबन्धन ब्यूताउनेबारे छलफल

प्रधानमन्त्री र माधव नेपालबीच पुरानो गठबन्धन ब्यूताउनेबारे छलफल


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन ब्यूँताउनेबारे छलफल भइरहेको बताएका छन् ।

    बिहीबार दिउँसो सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्रीले छलफल भइरहेको तर फाइनल भइनसकेको बताएका हुन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा नपुगेको बताए ।

    उनले भने,‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । देशलाई हित हुने विकल्प रोज्छौं।’

    भेटघाटमा माओवादीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल र नेता घनश्याम भूसाल सहभागी थिए । यसअघि बुधबार साँझ कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend