logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार बढेको शेयर बजार बिहीबार उच्च अङ्कले घटेको छ । बिहीबार शेयर बजार नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४ सय १२ अङ्कले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।

    बुधबार राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने व्यवस्था गरेसँगै आज त्यसको असर लघुवित्तको शेयरमा देखिएको छ ।

    बुधबार पनि लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । आज ३७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने आज केही बढेको छ ।

    आज २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend