काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले खेल खेल्नका लागि युएई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
बिहीबार लामिछानेको तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका हुन् । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ।
सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका हुन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए ।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यही सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै उनले निवेदन दिएका हुन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend