logo

२०८३ साउन १४ बिहिबार

जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री तयार

जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री तयार


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 949
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक देखिएको छ ।

    बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक देखिएको हो ।

    छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको र प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको जानकारी दिए ।

    उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए । अध्यक्ष यादवले भने ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्यौं । प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’

    अध्यक्ष यादवले प्रधानमन्त्रीले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको आफूले पाएको उल्लेख गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend