logo

२०८३ साउन १४ बिहिबार

सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा

सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

    सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे । सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।

    उक्त खेल शुक्रबार हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend