logo

२०८३ साउन १३ बुधबार

सबैको सबैसँग छलफल भइरहेको छ, सहमति भएको छैनः प्रधानमन्त्री

सबैको सबैसँग छलफल भइरहेको छ, सहमति भएको छैनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारकाबारेमा सहमति जुटिनसकेको बताएका छन् ।

    बिहीबार एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको छलफलपछि प्रधानमन्त्रीले छलफल चलिरहेको बताएका हुन् ।

    उनले भने, ‘छलफल चलिरहेको छ । फाइनल भइसकेको छैन ।’ उनले यसबारेमा शुक्रबार फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेससँग पनि छलफल गर्ने बताए ।

    चुनाव अघिको पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा पनि छलफल भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ’सबैको सबैसँग छलफल भइरहेको छ ।’

    बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिलगायतका उम्मेदवारका सम्बन्धमा छलफल भएको तर कुनै निर्णय नभएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जुटिनसकेको बताए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयहरूमा छलफल भयो । छलफल निरन्तर जारी छ ।’

    राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीचको छलफल तीव्र बनेको छ । बुधबार साँझ कांग्रेससँग छलफल गरेका प्रधानमन्त्रीले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । छुट्टाछुट्टै भेटपछि माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बसेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend