logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति उम्मेदवारकाबारेमा आज निर्णायक वार्ता

राष्ट्रपति उम्मेदवारकाबारेमा आज निर्णायक वार्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति निर्वाचनबारे निर्णायक छलफल गर्ने भएका छन् ।

    बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा प्रधानमन्त्रीले दुई नेतासँग आज छलफल गर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच वार्ताको समय भने निश्चित भएको छैन । राष्ट्रपतिको लागि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ। अहिलेसम्म कांग्रेस, एमाले आ–आफ्नै अडानमा छन् ।

    बिहीबार प्रधानमन्त्रीले एकीकृत समाजवादी र जसपाका नेताहरुसँग छुट्टाछुट्टै सामूहिक छलफल गरेका थिए । त्यस्तै बुधबार कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका नाममा आफ्नो पार्टीलाई राष्ट्रपति नदिने नियतले अन्य दलसँग छलफल अघि बढाएपछि एमाले भने प्रधानमन्त्रीसँग चिढिएको छ ।

    निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

    राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend