logo

२०८३ साउन १५ शुक्रबार

टर्कीका एक सय ७७ जना निर्माण व्यवसायी प्रहरी हिरासतमा

टर्कीका एक सय ७७ जना निर्माण व्यवसायी प्रहरी हिरासतमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    टर्की सरकारले गुणस्तरहीन भवन बनाएका पाँच सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान थालेको छ । गृहमन्त्री सुलेमान सोयलुले उनीहरूमाथि आपराधिक अनुसन्धान थालिएको घोषणा गरेका छन् ।

    गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

    लाखौँ घरबारविहीन भएका छन् । गृहमन्त्रीका अनुसार अनुसन्धानमा तानिएकामध्ये एक सय ७७ जनालाई हिरासतमा लिइएको छ भने एक सय ७५ जना जमानतमा रिहा भएका छन् । अनुसन्धानमा तानिएकालाई देश छाडेर बाहिर जानबाट प्रतिबन्ध लगाइएको छ ।

    भूकम्प गए लगत्तै टर्कीएका सञ्चार माध्यमले निर्माण संहिताको वेवास्ता गर्दै निर्माण व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएका भवन ढलेका भन्दै उनीहरूको तीव्र आलोचना गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend