logo

२०८३ साउन १३ बुधबार

बाहिरियो बार्सिलोना युरोपा लिगबाट

बाहिरियो बार्सिलोना युरोपा लिगबाट


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    एन्जल डी मारियाको ह्याट्रिकको मद्दतमा नान्टेजविरुद्ध सहज जित हासिल गर्दै युभेन्टस युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको खेलको बिहीबार राति भएको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ४–१ को नतिजा निकाल्दै युभेन्टस अन्तिम १६ मा पुगेको हो ।

    खेलको पाँचौँ मिनेटमा डी मारियाले १८ यार्ड नजिकबाट गरेको प्रहारले पोस्टको गति लिँदै खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको १७औँ मिनेटमा नान्टेजका डीफेन्डर निकोलस पालोइसले ह्यान्डबल गरेपछि उनलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो ।

    उनले बललाई हातले छोएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। डी मारियाले पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend