logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस, माओवादीसहितका चार दलका शीर्ष नेता बालुवाटारमा छलफलमा

कांग्रेस, माओवादीसहितका चार दलका शीर्ष नेता बालुवाटारमा छलफलमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो ।

    राष्ट्रपति उम्मेदवार चयनका विषयमा छलफल गर्न बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । यसअघि बुधबार र बिहीबार प्रधानमन्त्रीले यी दलसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend