logo

२०८३ असोज ७ बुधबार

चार दलले पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने

चार दलले पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बसेको चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    राष्ट्रपतिको विषयमा फेरि बेलुकी पाँच बजे बस्ने गरी बैठक टुंगिएको हो । कांग्रेस महामन्त्री गगन थापाले बैठक राष्ट्रपतिमै केन्द्रित भएको र आज बेलुकी पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए ।

    बैठकमा चार दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका थिए । पार्टीभित्र छलफल गरेर बेलुकी ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका थापाले जानकारी दिए ।

    उनले भने, ‘विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । आआफ्नो दलमा छलफल गरेर पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्छौं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend