logo

२०८३ साउन १३ बुधबार

जिहादीसँग लड्न पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

जिहादीसँग लड्न पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1K
    SHARES

    बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो ।

    संसारको गरिब मध्येको एक देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ । रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा उनीहरूलाई समावेश गरिनेछ ।

    यही फेब्रुवरी २८ देखि भर्ती प्रक्रिया प्रारम्भ हुनेछ । एक वर्षभन्दा कम अवधिमा बुर्किनाफासोको सेनाले सैन्य भर्ती अभियान आयोजना गरेको यो तेस्रो पटक हो ।

    पश्चिमी बाउकल डु मौहौन क्षेत्र र उत्तरमा साहेल बुर्किनाफासोका १३ वटा क्षेत्रमध्ये हिंसाबाट अधिक प्रभावित छन् ।

    बितेका सात वर्षमा एक हजारभन्दा बढी नागरिक र सैनिक मारिएका छन् भने करिब २० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । देशको ४० प्रतिशत भूभाग अतिवादी समूह अल–कायदा र इस्लामिक समूहसँग सम्बद्ध जिहादीको नियन्त्रणमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend