logo

२०८३ साउन १४ बिहिबार

सिंहदरवारभित्र सेवाग्राही सहज प्रवेशको व्यवस्था मिलाउन सांसद ज्वालाको माग

सिंहदरवारभित्र सेवाग्राही सहज प्रवेशको व्यवस्था मिलाउन सांसद ज्वालाको माग


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीृकत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र सेवाग्राही सहज तरिकाले प्रवेशको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    शुक्रबारको संसद बैठकको शून्य समयमा बोल्दैं सांसद ज्वालाले सिंहदरवारभित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारलाई रुलिङको माग गरेका हुन् । उनले भने, ‘सिंहदरवारको दक्षिण गेटमा लाइन देख्छु। मन्त्री सांसद र कर्मचारी नचिनेको व्यक्ति सिंहदरवार छिर्न पाउँदैन। सिंहदरबार भित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था गरियोस्।’

    सरकारले लाइन मुक्त देश भनेपनि कार्यान्वयन नहुँदा जनता प्रताडित भएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend