logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्न ओली बालुवाटारमा

प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्न ओली बालुवाटारमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । निर्वाचन अघिको गठबन्धनका चार दलबीचको छलफलपछि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वार्ता सुरु भएको हो ।

    चार दल राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति नजिक पुगेको बताइएको छ । आजै साँझ पाँच बजे बसेर सहमतिलाई औपचारिकता दिने तयारी छ ।

    यसैबीचमा प्रधानमन्त्री र ओलीबीच वार्ता सुरु भएको हो । सरकार गठन हुँदा सभामुख र राष्ट्रपति एमालेलाई दिने बताएपनि पछिल्लो समय माओवादी केन्द्र पुरानै गठबन्धन ब्यूँताउन लागेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend