logo

२०८३ साउन १५ शुक्रबार

लोकप्रिय बन्दै कपनको ‘मौलिक भान्छा घर’

लोकप्रिय बन्दै कपनको ‘मौलिक भान्छा घर’


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनमा वर्ल्डमार्ट युनिक सोलुसन प्रालिले सञ्चालनमा ल्याएको मौलिक भान्छा घर छोटो समयमा धेरै ग्राहकहरूको मौलिक परिकार रोजाइको गन्तव्य बन्दै गएको छ । नेपालमा पहिलोपटक सञ्चालनमा आएको भान्छा घरको मौलिकपनले छोटो समयमा धेरै ग्राहकको मन जित्न सफल भएको छ ।

    सात प्रदेशकै प्रतिनिधित्व गर्दै मौलिक भान्छा घर वर्ल्डमार्ट सोलुसनले विगत पाँच वर्षदेखि ‘स्वदेशी आयुर्वेदिक खाद्य, रैथाने एवम् स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन, दीर्घकालीन स्वास्थ्य र सौन्दर्य तथा राष्ट्रिय अर्थतन्त्रका लागि एक स्थानीय तह एक उत्पादन ब्राण्डिङ, एक स्थानीय तह एक खरिद–बिक्री केन्द्र, एक स्थानीय तह एक मौलिक भान्छा घर सञ्चालन फेमिली’ नाराका साथ विभिन्न गतिविधि गर्दै आएको छ ।

    सुरूमा प्रशोधन उद्योग, मौलिक बजार हुँदै तेस्रो प्रोजेक्टको रूपमा सुरू भएको मौलिक भान्छाघरको विशेषता हप्तामा सातै दिन, सात बार, सात प्रदेश, सात विशेष परिकार, सात पन्छी सात स्वाद, सात संस्कृति सात पहिरन, सातै दिन संस्कृति साँझको अवधारणाका साथ सञ्चालनमा ल्याएको सञ्चालक सुमन दाहाल बताउँछन् ।

    पाँच वर्षअघिदेखि मौलिक भान्छा घर सञ्चालनमा आए पनि मौलिक थिम अनुसार भने अघिल्लो वर्ष माघ १ गते सात प्रदेशको सात संस्कृति र सोही संस्कृतिका मान्छेहरूलाई झिकाएर आफ्नो प्रदेशको विशेष परिकारहरू बनाउन लगाई स्टल राखेर सुरू गरिएको भान्छा घरका सञ्चालक दाहाल बताउँछन् ।

    मौलिक भान्छा घरले गत माघ १ गते माघी तथा मौलिक उत्पादन र परिकार मेला सात दिनसम्म सञ्चालन गरिसकेको छ। सो मेलामा भान्छा घरले माघ महिनामा खाइने १० परिकार र सात प्रदेशका सात परिकारहरूका स्टल राखी सहभागीहरूलाई भिजिटको लागि आह्वान गरेको थियो। उक्त स्टलमा सात सय भन्दाबढी मानिसहरूको सहभागिता थियो।

    यहाँ पुग्नेले प्रदेशका विशेष परिकारहरूको बारेमा जान्ने मात्र नभएर साताका हरेक दिन हरेक एक प्रदेशको विशेष परिकारको स्वादमा रमाउन सक्नेछन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend