logo

२०८३ साउन १३ बुधबार

नयाँ राजनीतिक यात्रा सुरु भयोः प्रधानमन्त्री

नयाँ राजनीतिक यात्रा सुरु भयोः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।

    बैठकमा सहभागी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालका अनुसार प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।

    नेता ज्वालाले भने, ‘ बैठकमा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भएको र अब सँगै राजनीतिक यात्रा सुरु गरौं भन्नुभयो । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ।’

    छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend