logo

२०८३ असोज ६ मंगलबार

त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा

त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । त्रिभुवन आर्मी क्लबले न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै ‘केपी ओली कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    खेलको निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । एनआरटीका लागि लाल्मिन्जामाले गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा एनआरटीका भारतीय फरवार्ड लाल्मिन्जामाले उत्कृष्ट गोल गरे ।

    त्यसपछि खेलको दोस्रो हाफमा आर्मी आत्मघाती गोलको सहयोगमा खेलमा फर्किएको थियोे । आर्मीका लागि एनआरटि कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो । आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख पाउनेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend