logo

२०८३ साउन १३ बुधबार

आफ्नो जिम्मेवारीप्रति सचेत छुः रामचन्द्र पौडेल

आफ्नो जिम्मेवारीप्रति सचेत छुः रामचन्द्र पौडेल


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन् ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए ।

    उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए । उनले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए ।

    वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए ।

    उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभूति र सद्भाव राखेको अनुभूति आफूले गरेको बताए । पौडेललाई आठ दलको समर्थनमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend