logo

२०८३ साउन १४ बिहिबार

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

    २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend