logo

२०८३ साउन १५ शुक्रबार

मध्य मालीमा हतियारधारी समूहको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

मध्य मालीमा हतियारधारी समूहको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    मध्य मालीको एउटा गाउँमा हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

    आक्रमण र हताहतीको पुष्टि बैंकास सर्कल काउन्सिलका अध्यक्ष अमाडो यारोले गरेका छन्। उक्त क्षेत्रका गभर्नर अतिवादीको बर्बर हमलाबाट पीडित भएकाहरुलाई सात्वना दिन गएराति आक्रमणस्थल पुगेका थिए ।

    ‘हामीले भर्खरै देखेको दृश्य भयानक छ। यो गाउँमा भएको बर्बर र अमानवीय आक्रमण हो, अन्न भण्डारहरू पनि खरानी पारिएका छन्’,यारोले भने।

    बन्दियागराका बासिन्दा थप सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् । सन् २०१२ देखि माली विद्रोह, जिहादी आक्रमण र अन्तर९सामुदायिक हिंसाबाट पीडित छ । हिंसात्मक घटनामा हजारौं मारिएका छन् भने सयौं हजार विस्थापित भएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend