logo

२०८३ साउन १५ शुक्रबार

आठ दलको सहमतिलाई राष्ट्रिय सहमतिकैरुपमा बुझ्नुपर्छः प्रधानमन्त्री

आठ दलको सहमतिलाई राष्ट्रिय सहमतिकैरुपमा बुझ्नुपर्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 6.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

    उनले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ ।” उनले संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेको बताए ।

    नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र सङ्कटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लामो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताए ।

    प्रधानमन्त्रीले भने, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे, त्यो गम्भीर कुरा छ, हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन, त्यसैले पनि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ ।”

    राष्ट्रिय सहमतिकै लागि आफूले कोसिस गरे पनि सम्भव नभएको उनको भनाइ थियो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिसँगको सहकार्य सहज नहुने भन्दै उनले भने, “यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ, हामी प्राकृतिक कोर्षमा फर्किएका छौँ, यो नै मुख्य कुरा हो ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend