logo

२०८३ साउन १४ बिहिबार

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ ।

    शनिबार भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा गोलरिहत बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

    थप गरिएको समयको ११औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै सङ्कटालाई आर्मीले १–० ले पराजित गरेको हो । जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मङ्गलबार खेल्ने छ ।

    आजको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

    गोल्डकपको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend