logo

२०८३ असोज ७ बुधबार

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली सङ्घ (ईयू) ले  नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

    ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, ‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ ।’ रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ ।

    सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।

    ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend