logo

२०८३ असोज ६ मंगलबार

आर्सनलसँग लेस्टर सिटी १–० पराजित

आर्सनलसँग लेस्टर सिटी १–० पराजित


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    इङलिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीविरुद्ध संर्घषपूर्ण जित हासिल गरेको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा गोल गरेको थियो । आर्सनलको जितमा ब्राजिलका ग्राबियल मार्टिनेलीको निर्णायक गोल गरे। दोस्रो हाफको पहिलो मिनेटमै मार्टिनेलीले लिआन्ड्रो ट्रोसार्डको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले जित पक्का गरेको हो । जितसँगै २४ खेलबाट शीर्ष स्थानको आर्सनलले ५७ अंक बनाएको छ। एक खेल बढी खेलेको म्यानचेष्टर सिटीको ५५ अंक छ । गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले वर्नमाउथविरुद्ध ४–१ को फराकिलो जित हासिल गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend