logo

२०८३ असोज ६ मंगलबार

मच्छिन्द्र झापा गोल्डकपको फाइनलमा

मच्छिन्द्र झापा गोल्डकपको फाइनलमा


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    झापा । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

    मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७ औँ मिनेटमा गोल गरेका थिए । श्रेष्ठको उक्त गोल नै खेलको निर्णयक गोल बन्यो । आइतबारको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए ।

    उपाधिका लागि मङ्गलबार विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब अन्तिम प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद सात लाख पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend