काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्ध भएको छ । उनी अतिकम विकसित मुलुकहरूको पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।
मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्ध भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend