logo

२०८३ असोज ७ बुधबार

प्रचण्डजीले धोका दिनुभयोः अध्यक्ष ओली

प्रचण्डजीले धोका दिनुभयोः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई झुक्याउने प्रयास गरेको बताएका छन् ।

    आइतबार विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको बताए ।

    उनले भने, ‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो । मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’

    अध्यक्ष ओलीले प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको भन्दै अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए ।

    उनले भने, ‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न दूध किन्नु पर्दैन । भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ।’ उनले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend