logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् ।

    मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जान लागेकी पौड्यालको प्रधानमन्त्रीले भ्रमण रोकेका हुन् ।

    प्रधानमन्त्रीले फोन गरेर परराष्ट्रमन्त्रीलाई भ्रमणमा नजान भनेको उनका प्रेस विज्ञ यशोदा अधिकारीले जानकारी दिइन् ।

    परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । मन्त्री पौड्यालले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend