logo

२०८३ साउन १३ बुधबार

क्यामरुन बुढासुब्बा गोल्डकपको सेमीफाइनलमा

क्यामरुन बुढासुब्बा गोल्डकपको सेमीफाइनलमा


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    धरान । धरानमा जारी २३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।

    धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो ।

    पहिलो हाफको १४औँ मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो । बाँकी खेल अवधिभर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक साबित भए । बागमती युवा क्लबले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेन ।

    खेलको ‘म्यान अफ दी म्याच’ बागमती युवा क्लबकै आयुष राना घोषित भए । उनले नगद १० हजार पुरस्कार पाउनुभएको छ । सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend